नियम १२
अनुमति नलिई माछा मार्न नपाइने
(१) कुनै व्यक्तिले अनुसूची अनुसूची -२ बमोजिम लाग्ने दस्तूर तिरी संरक्षकबाट अनुसूची -३ बमोजिमको ढाँचाको अनुमतिपत्र नलिई निकुञ्जभित्र रहेको खोला वा पोखरीको माछा मार्न हुँदैन ।
(२) धार्मिक क्षेत्रभित्रको खोला वा पोखरीमा माछा मार्न पाइने छैन ।
(३) यस नियम बमोजिम अनुमतिपत्र लिई माछा मार्न चाहने व्यक्तिले माछा मार्दा बल्छी बाहेक अन्य साधन प्रयोग गर्न हुँदैन ।
(४) उपनियम (१) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि चैत्र १ गतेदेखि आश्विन मसान्तसम्म माछा मार्न पाइने छैन।